यो मेरो अन्तिम लडाइँ हो : लक्ष्मणलाल कर्ण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यो मेरो अन्तिम लडाइँ हो : लक्ष्मणलाल कर्ण


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले यो चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् ।

वीरगञ्ज स्थित जिल्ला समन्वय समिति परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पर्सा-१ बाट उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन् ।

वीरगञ्ज महानगरपालिकामा विद्यमान शिक्षा, स्वास्थ्य र अन्य विकासका काममा देखिएको कमीकमजोरी हटाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

गठबन्धनबाट मात्रै नभएर तपाईँकै पार्टीका नेताले पनि तपाईँको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका छन् नि ? भनी सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।

गठबन्धनले गर्दा पर्सा क्षेत्र नं ४ छोडेर आफू क्षेत्र नं १ मा आउँदा ४ नं क्षेत्रका जनता रोइरहेको उनको दाबी छ ।

सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं १ को ‘क’ मा माओवादी केन्द्रका रहबर अन्सारी र ख बाट नेपाली काँग्रेसका राम नारायण कुर्मीले उम्मेदवारी दिएका छन् । आफ्नै जीवनकालमा परिवर्तन ल्याउन र जनतालाई जिताउन उम्मेदवारी दिएको रहबर अन्सारीले प्रतिक्रिया दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस