उपचाररत सत्यमोहन जोशीलाई आइसियुमा सारिँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उपचाररत सत्यमोहन जोशीलाई आइसियुमा सारिँदै


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । १७ दिनदेखि ललितपुरको किष्ट अस्पतालमा उपचाररत १०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियुमा सारिने भएको छ।

आइतबार अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएकाले आइसियुमा सार्न लागिएको हो।

‘समग्र स्वास्थ्यमा उल्लेखनीय प्रगति भएको पाइएको छैन र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण पमोनोलोजिष्ट तथा इन्टरनल मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा.मिलेशजंग सिजापतिको सल्लाहबमोजिम सघन उपचार कक्षमा सारिन लागिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो।

उनमा डेंगीको संक्रमण देखिएको थियो जसले उनलाई गलाएको चिकित्सकको भनाइ छ। सुरूआती दिनमा उनको स्वास्थ्यमा सुधार देखिए पनि पछिल्ला ३(४ दिनदेखि जोशीको खानामा अरुचि देखिएको अस्पतालले जनाएको छ।

उनी अहिले खुलेर संवाद गर्न पनि नसक्ने अवस्थामा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस