आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडेँ : बाबुराम भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडेँ : बाबुराम भट्टराई


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् ।

‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एक पटक तोड्नै पर्थ्यो, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुसी छु ।’

छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो खुलेको समेत बताए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी गोरखा–२ मा प्रचण्डका प्रस्तावक समेत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस