ड्राइभिङ सिटमा आफैँ बसेर अब मुलुक हाँक्ने हो : गगन थापा  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ड्राइभिङ सिटमा आफैँ बसेर अब मुलुक हाँक्ने हो : गगन थापा 


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय बुढानीलकण्ठमा उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि थापाले  सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने बताए ।

 ‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले बताए । सरकार तथा पार्टीको मूल नेतृत्व गर्ने जोस र आवश्यक अनुभव भएको उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस