काठमाडौँ क्षेत्र नम्बर ४ ले पहिचान दिएकाले अन्त गइनँ : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काठमाडौँ क्षेत्र नम्बर ४ ले पहिचान दिएकाले अन्त गइनँ : गगन थापा


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएकाले अन्त नगएको बताएका छन्।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूलाई काठमाडौँ चारले नै पहिचान दिएको स्पष्ट पारे।

आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिएका छन्।

पार्टीको नेतृत्व तहमा रहेको र अब ड्राइभिङ सिटमा आफैँ रहेको भन्दै उनले काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

सत्ता गठबन्धनमा आबद्ध दल र सचेत नागरिकको साथ रहेको भन्दै थापाले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस