बैतडीमा गठबन्धनका साझा उम्मेदवार ‘विजयसुन्दर’ले गरे उम्मेदवारी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा गठबन्धनका साझा उम्मेदवार ‘विजयसुन्दर’ले गरे उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साँझ उम्मेदवार बनेका कुँवरले प्रतिनिधि सभाका लागी उम्मेदवारी दर्ता गराएका हुन् । 

माओवादीका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कुँवर गठबन्धनबाट प्रतिनिधि सभा सदस्यकोलागी निर्विरोध सिफारिस भएका थिए । 

लामो समयदेखि सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको थियो ।

इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रदेशसभामा दुइओटा क्षेत्र रहेको बैतडीमा प्रदेशसभा सदस्यमा भने नेपाली काँग्रेसको भागमा रेको छ । जसमा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र शिव राज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । 

काँग्रेस जिल्ला उपसभापति एवं सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष वीर बहादुर विष्टले प्रदेशसभा क्षेत्र ‘क’ र काँग्रेस बैतडी पूर्व पार्टी सभापति शिव राज भट्टले प्रदेश सभा क्षेत्र ‘ख’ बाट मनोनयन दर्ता गराएका हुन् । 

योसँगै बैतडीमा पनि गठबन्धन साझा उम्मेदवारका साथ चुनावी मैदानमा उत्रिएको छ । 

यता नेपाली काँग्रेसका नेता हरीमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी  दर्ता  गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेता भण्डारीले आज प्रदेश सभा  क्षेत्र ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

२०७४सालको चुनावमा  उनी बाम गठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्यसँग झिनो मतान्तरले पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस