बादलले उम्मेदवारी अस्वीकार गरेपछि केसीले पाए टिकट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बादलले उम्मेदवारी अस्वीकार गरेपछि केसीले पाए टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभाको टिकट पाएका उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिन अस्वीकार गरेका छन् । 

एमालेले बादललाई काठमाडौँ १० र शाक्यलाई काठमाडौँ ८ मा उम्मेदवारी दिनका लागि टिकट दिएको थियो । तर, दुवै उपाध्यक्षले चुनाव नलड्ने भएपछि ती क्षेत्रमा एमालेले उम्मेदवार फेरेको छ । 

अब काठमाडौँ १० मा एमालेका तर्फबाट निमेष केसीले चुनाव लड्ने भएका छन् । यस्तै, काठमाडौँ ८ मा शिवसुन्दरराज वैद्यले चुनाव लड्ने भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस