उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य पदको मनोनयनपत्र दर्ताका लागि डडेलधुरा नजाने भएका छन् । कार्यव्यस्तताका कारण उनी आइतबार डडेलधुरा नजाने भएका हुन् ।

डडेलधुरामा सत्ता गठबन्धनका तर्फबाट देउवा प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट र नेपाली काँग्रेसका गोविन्द बोहरा उम्मेदवार बन्नेछन् ।

भट्ट र बोहरा भने आफैँ उपस्थित हुनेछन् । देउवाले आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराउनेछन् ।

देउवापत्नी आरजु राणा देउवा भने डडेलधुरामै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस