सुजाता कोइरालाले मोरङ २ बाट पाइन् टिकट « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

सुजाता कोइरालाले मोरङ २ बाट पाइन् टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छिन्।

२०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट यस पटक सुजाताले प्रतिस्पर्धा गर्ने भएकी हुन्।

यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले आफूसँग कुनै परामर्श नगरी कोइरालालाई टिकट दिएको रिजालले बताए।

‘म सँग कुनै पनि सल्लाह छैन। कुनै पनि किमिटीले मलाई सोधेको पनि छैन। यस पटक टिकट सुजाताले पाएको कुरा सुनेको छु,’ रिजालले सेतोपाटीसँग भने।

काँग्रेस क्षेत्रीय समितिले त्यस क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो।

शनिबार राति बसेको संसदीय बोर्डको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। २०७४ सालमा रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए। एमालेले त्यस क्षेत्रमा यसपटक पनि पोखरेललाईनै उम्मेदवार बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस