काठमाडौँ ९ मा हितमानले छाडे दाबी, ७ मा मानुषी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ ९ मा हितमानले छाडे दाबी, ७ मा मानुषी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौँ– ९ को टिकटमा दाबी छोडेका छन् ।

सत्ता गठबन्धनको भागवण्डामा माओवादीले स्थायी कमिटी सदस्य शाक्यका लागि भनेर काठमाडौँ–९ लिएको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी उम्मेदवार बन्ने दौडबाट बाहिरिएका छन् ।

अब कल्पना धमला र शंकर दुलाल दौडमा छन् । दुलालको नाम माओवादी जिल्ला कमिटीले सिफारिस गरेको छ भने पार्टी नेतृत्वले धमलाको नाम पनि छलफलमा ल्याएको छ ।

माओवादीले काठमाडौँ–२ मा कृष्णराज सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । काठमाडौँ ३ (ख) महेश्वर फुयालको टिकट पक्का भएको छ भने काठमाडौँ ६ (ख) मा हिमाल शर्मा उम्मेदवार बन्ने दौडमा छन् ।

काठमाडौँ ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने तय भएको नेता हिमाल शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस