आयोगले समस्यामा परेका उम्मेदवारलाई सहजीकरण गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आयोगले समस्यामा परेका उम्मेदवारलाई सहजीकरण गर्ने


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परे सहजीकरण गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शनिबार ट्विट गर्दै बिहान १० बजेभित्र समस्या परेको कागजात आयोगमा बुझाए सहजीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी गराएका हुन् । 

“राजनीतिक दल तथा उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेको भए भोलि असोज २३ गते बिहान १० बजेभित्र निर्वाचन आयोगमा उक्त कागजात उपलब्ध गराएमा आयोगले आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको छ,” उनले भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस