एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् टिकट अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिन् टिकट अस्वीकार


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् ।

एमालेले शाक्यलाई काठमाडौँ-८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

उपाध्यक्ष शाक्यले उम्मेदवारको आकाङ्क्षा समेत राखेकी थिइनन् ।

टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् ।

शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस