मलाई उम्मेदवारीबाट रोकियो, भोलिसम्म व्यवस्थित निर्णय लिन्छु : भीम रावल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मलाई उम्मेदवारीबाट रोकियो, भोलिसम्म व्यवस्थित निर्णय लिन्छु : भीम रावल


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन् ।

आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम( १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ। रावलले कुनै पदमा जाने वा नजाने भन्दा पनि राष्ट्रको सर्वोपरि हित र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्त्वपूर्ण हुने बताएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए। एमालेको १० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको आकाङ्क्षामा रावल र घनश्याम भुसालले चुनौती दिएका थिए।

भुसालले शनिबार एमाले छाडेको घोषणा गरिसकेका छन्। रूपन्देहीबाट सिफारिस भए पनि उनले टिकट पाएनन्।

४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव नदेखेपछि छोड्नुपरेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस