माओवादीको पदाधिकारी बैठक सुरु, भागबण्डाको ‘ब्रिफिङ’ गर्दै प्रचण्ड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीको पदाधिकारी बैठक सुरु, भागबण्डाको ‘ब्रिफिङ’ गर्दै प्रचण्ड


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।  

बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्दैछन् ।  

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस