काभ्रेमा एमालेको उम्मेदवार गोकुल र रेशम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काभ्रेमा एमालेको उम्मेदवार गोकुल र रेशम


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका उनी  हाल एमालेमा छन् ।

प्रदेशतर्फ ‘क’मा दिलीप तामाङ र ‘ख’मा चन्द्र लामा उम्मेदवार हुने छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापालाई टिकट दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस