जेल जीवन बिताइरहेका अधिकारकर्मीले पाए नोबेल शान्ति पुरस्कार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जेल जीवन बिताइरहेका अधिकारकर्मीले पाए नोबेल शान्ति पुरस्कार


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । यस वर्ष (सन् २०२२) को नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ। यो वर्षको शान्ति नोबेल पुरस्कारबाट एक अधिकारकर्मी तथा दुई संस्थालाई सम्मानित गर्ने घोषणा गरिएको छ। 

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार सङ्गठन ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार सङ्गठन ‘सिभिल लिबर्टिज’ लाई  दिने निर्णय गरेको नोबेल छनोट समितिले जनाएको छ।

नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की जेल जीवन बिताइरहेका छन्। नोबेल छनोट समितिले यसअघि नै अन्य विधामा पुरस्कार घोषणा गरिसकेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस