वीरेन्द्रनगर जलमग्न, सतर्क रहन प्रशासनको अपिल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वीरेन्द्रनगर जलमग्न, सतर्क रहन प्रशासनको अपिल


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ। तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण वीरेन्द्रनगर उपत्यका जलमग्न भएको छ ।

उपत्यकामा रहेका खहरे खोलाहरूमा पानिको बहाव बढेको छ । उपत्यकाको तल्लो भाग जलमग्न हुँदा स्थानीय नागरिकहरूले सुरक्षित स्थानका लागि घर छाड्न थालेका छन् ।

वीरेन्द्रनगर उपत्यकामा रहेका नेवारेखोला, इत्रामखोला, झुप्राखोलाका साथै भेरीगंगाको छिन्चुखोलालगायतका खोलाहरू पानीको बहाव पढिरहेको छ । र, ती खोला नजिकका स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ ।

उपत्यकामा बाढीबाट डुबान हुने र ग्रामीण क्षेत्रमा पहिरोको जोखिम बढेकोले सतर्क हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस