कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना     « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना    


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि कास्कीमा मुख्यसँगै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा पोखरा शहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै कास्की क्षेत्र नम्बर ३ को कार्यालय स्थापना गरिएको छ ।

कार्यालयको बिहीबार कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीर सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै सभागृह चोकस्थित पोखरा सभागृह परिसरमा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय र हस्पिटल चोकस्थित पशुसेवा निर्देशनालय परिसरमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

स्थापना गरिएको कार्यालयहरूबाट उम्मेदवारी मनोनयन दर्तादेखि निर्वाचन परिणाम घोषणासम्मका सम्पूर्ण कामहरू हुनेछन् । निर्वाचन अन्तर्गत आउँदो आइतबार हुने उम्मेदवार मनोनयनको लागि कास्कीमा सम्पूर्ण तयारीहरू पूरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस