गायक प्रमोद पाण्डेको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक प्रमोद पाण्डेको निधन


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको उपचारका क्रममा निधन भएको हो । 

विसं. २०२० माघ १० गते काठमाडौँको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । 

गायक पाण्डेले २०३९ सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गरेका थिए । उनका धेरै आधुनिक गीत, युगलगीत र भजनहरू रेकर्ड भएका गायक सूर्य थुलुङले जानकारी दिएका छन् ।  

‘जिन्दगीले कहाँ ल्याई पुर्‍यायो’, कुन्ती मोक्तानसँग युगल गीत ‘आँखामै राखेर’, प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिँड्ने’ बोलको गीत लोकप्रिय छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस