खुल्यो काठमाडौँ उपत्यकाको आकाश, अन्य ठाउँमा भने वर्षाको सम्भावना कायमै  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खुल्यो काठमाडौँ उपत्यकाको आकाश, अन्य ठाउँमा भने वर्षाको सम्भावना कायमै 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । देशका अधिकांश स्थानमा वर्षा हुँदा दसैँको बेला जनजीवन प्रभावित भयो । सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा अहिले पनि वर्षा जारी छ । तर काठमाडौँ उपत्यकामा भने आज बिहानैदेखि मौसममा सुधार आएको छ । 

बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागिरहेको छ । मौसममा सुधार आएसँगै दसैँको अवसरमा टीकाटालोका लागि आफन्तकोमा जानेहरूले राहतको महसुस गरेका छन् । 

काठमाडौँ उपत्यकामा आकाश खुले पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस