आफ्नो मृत्युको खबरबारे यस्तो छ उदित नारायणको प्रतिक्रिया ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आफ्नो मृत्युको खबरबारे यस्तो छ उदित नारायणको प्रतिक्रिया !


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । बलिउडका चर्चित गायक उदित नारायणको हृदयाघातको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो खबर आएपछि उदितका फ्यानहरू निकै चिन्तित बनेका छन् । मानिसहरू उनको स्वास्थ्य कस्तो छ भन्ने जान्न चाहिरहेका छन् । यसअघि नै उदित नारायणका म्यानेजरले हृदयाघातको खबरलाई अस्वीकार गरेका थिए ।

यता उदित नारायणले नै सञ्चारमाध्यमसँगको कुराकानीमा सो समाचार गलत भएको बताए । 

उदित नारायणले धेरै पटक मानिसहरूका बारेमा यस्ता अफवाहहरू फैलिने गरेको बताउँदै यस्तो सुन्दा दुःख लाग्ने बताए । 

यो अफवाहका कारण गायक आफैँ पनि निकै दुखी भएको म्यानेजरले बताए । उनका अनुसार उदित नारायण अहिले पूर्णरुपमा स्वस्थ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस