मुग्लिन-नारायणगढ सडक खुल्यो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मुग्लिन-नारायणगढ सडक खुल्यो


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । चितवनको केराबारीमा गएको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । आज (बिहीवार) बेलुकी ५ बजेतिर केराबारीमा गएको पहिरो हटाएपछि सडक केही बेरअघि खुलेको प्रहरीले जनाएको छ । 

यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ । पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ । 

लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् । राष्ट्रिय सडक र राजमार्गहरूमा भएको अवरोध केही समयमा हटाउने गरेको भए पनि ग्रामीण तथा शाखा सडकहरू बन्द रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस