वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो : स्वास्थ्य मन्त्रालय


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । 

मन्त्रालयले जनचेतनाका लागि सन्देश जारी गर्दै झाडापखाला र हैजाबाट बच्न पानी उमालेर पिउन, सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान आग्रह गरेको छ । 

यस्तै, डेंगीबाट बच्न लामखुट्टेले फूल पार्ने सफा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, झुलको प्रयोग गर्न र पुरै शरीर ढाक्ने लुगा लगाउन अनुरोध गरेको छ । 

मन्त्रालयले खाद्यान्न तथा खानेपानी वितरक, सरोकारवाला निकाय तथा व्यवसायीहरूलाई पनि सचेत रहन अनुरोध गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस