कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । कैलालीको धनगढीमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन आयोगकी सदस्य डा। जानकी तुलाधरले धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा रहने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेकी हुन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कैलालीका लागि मुख्य निर्वाचन अधिकृत होमप्रशाद अर्याललाई तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्य गर्ने गराउने र कैलालीको पाँच वटै निर्वाचन क्षेत्रको निर्वाचनको समन्वय गर्ने गरी कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । 

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

कार्यालयले कैलालीको निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन समेत गर्ने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस