कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कैलालीमा भारी वर्षा, अधिकांश स्थान जलमग्न


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । 

वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जसका कारण बिहीबार देखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस