सेती नदी भिरमा अड्किएकी युवतीको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेती नदी भिरमा अड्किएकी युवतीको उद्धार


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भिरमा खसेर अड्किएकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । बुधवार राति ९ बजे चिप्लिएर भिरमा खसेर सेती किनारभन्दा माथि अड्किएकी युवतीको उद्धार गरिएको हो ।

झन्डै दुई घण्टाको प्रयासपछि गोरखा घर भई पोखरा १६ बस्ने २४ वर्षीया दुर्गा श्रेष्ठलाई उद्धार गरिएको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।  गएराति ९ बजे भिरबाट लडेर सेती नदीको तिरमा अड्किएको जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो ।

वडा प्रहरी कार्यालय बगरका इन्स्पेक्टर महेशकुमार आचार्य र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट प्रहरी नायब निरीक्षक मणिप्रताप थारुको कमान्डमा खटिएको प्रहरी टोलीले श्रेष्ठको उद्धार गरेको हो । 

उद्धार लगत्तै उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनलाई आज बिहान डिस्चार्ज गरेर घर पठाइएको डीएसपी तिवारीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस