लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण


२० आश्विन २०७९, बिहिबार


काठमाडौँ । मौसम प्रतिकुल बनेपछि काठमाडौँबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

वायुसेवा सञ्चालक सङ्घका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।

मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस