भोलि दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलि दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ?


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा टीका लगाउन सकिनेछ । यद्यपि साइत नखोज्नेहरूले भोलि दिनभर जुनसुकै बेला टीका लगाउन सक्नेछन् । टीका लगाउने व्यक्ति पूर्व फर्केर बस्ने र लगाइदिने व्यक्तिले उत्तर-पश्चिम फर्केर लगाइदिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय प्राप्तिको प्रतीकका रूपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन हो । देवीको प्रसादका रूपमा भोलिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । 

विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यस वर्ष धेरै उत्साहका साथ मनाइँदैछ । दशैँ मनाउन झन्डै २० लाख मानिस काठमाडौँ उपत्यका छोडेर गाउँघर पुगेका छन् । त्यस्तै भारत र विदेशमा रहेकाहरू पनि दशैँका लागि मुख्य थलोमा फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस