प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । 

एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् ।

नयाँ संविधानमार्फत गणतन्त्र पनि सबै मिल्दा मात्र सम्भव भएको भन्दै अब फेरि जसले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा दुई दुई पटक भङ्ग गर्‍यो त्यसलाई सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।

नयाँ संविधान समावेशी, प्रगतिशील, महिला मैत्री, सीमान्तकृत जन जातिका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौँ । जनताको ठुलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन  त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रिय सभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओलीजीको एमाले पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनावबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस