गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।  

मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग गरेको अध्यक्ष कालाखेतीले बताए । पाँच वर्षे कार्यकालमा तलब भत्ताबापत पाएको रकम विपन्न परिवारलाई सहयोग गर्न खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रत्येक परिवारलाई ३० किलो चामल, एक लिटर तेल र दालसहितको प्याकेट वितरण गरिएको छ । केही परिवारलाई अवस्था हेरेर नगदसमेत हस्तान्तरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस