मनकामना केबलकार दुई दिन बन्द हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनकामना केबलकार दुई दिन बन्द हुने


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ।

नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेसन म्यानेजर उज्ज्वल शेरचनले बताए। आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ।  

दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात् असोज २० गतेबाट भने निरन्तर सञ्चालन हुने प्रालीले जनाएको छ।

मनकामना क्षेत्रका स्थानीय अधिकासं केबलकारबाट आउजाउ गर्ने भएकाले उनीहरूको नियमित आवतजावतका लागि पनि केबलकार सञ्चालन हुने गर्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस