माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् ।

हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनी माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उठेका थिए । छिमी यसअघि नै एमाले प्रवेश गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस