चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गरेका हुन्।

‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको स्ट्याटसमा भनिएको छ।

२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा उनले आभार व्यक्त गरेका छन्।

यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरे पनि राजनीति भने नछाड्ने उनले बताएका छन्।

‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले भने, ‘तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

Tags :
प्रतिक्रिया दिनुहोस