राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ-५ मा पूर्वसैनिक राणालाई उम्मेदवार बनाउने


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर-५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ ।

निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकाङ्क्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो ।

राणा पूर्वसैनिक हुन् । उनी द्वन्द्व व्यवस्थापनसमेत चासो राख्छन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौँ ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यसपटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बन्ने पक्का जस्तै छ । सत्ता गठबन्धनले भने उम्मेदवार टुंगो लगाएको छैन ।

यो क्षेत्रबाट रञ्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस