घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका-२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन् ।

कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका छन् । प्रथम हुने बोहोरालाई पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र विपेन बोहोरा भएका छन् । उनहरूलाई तीन हजार र दुई हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

स्वस्थ घोडातर्फ चन्दननाथ नगरपालिका-१० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका-५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका-२ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई रु पाँच हजार, रु तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिएको क्लबका सहसचिव धनराज सुनारले बताए ।

त्यसैगरी चाल तथा कदमतर्फ चन्दननाथ नगरपालिका-८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका-१ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका-२ कोल्तेका कालीप्रसाद बोहोरा तृतीय भएका छन् ।

उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३३ वटा घोडा सहभागी रहेको आयोजक क्लबले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस