आज पनि अन्तर्राष्ट्रिय स्तरमा गान्धी विचारधाराको जरुरी छ : विमलेन्द्र निधि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पनि अन्तर्राष्ट्रिय स्तरमा गान्धी विचारधाराको जरुरी छ : विमलेन्द्र निधि


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् । नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका हुन् । 

१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पारे । 

नेता निधिले गान्धी विचारधारा मार्क्स विचारधारा भन्दा पनि माथि रहेको जिकिर समेत गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस