एक हजारको नक्कली नोटसहित भारतीय पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक हजारको नक्कली नोटसहित भारतीय पक्राउ


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । सिरहामा एक हजार दरको नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् ।

नरहा गाउँपालिका(४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो। रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस