यसरी भित्र्याइयो दसैँ घरमा फूलपाती  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

यसरी भित्र्याइयो दसैँ घरमा फूलपाती 


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । आइतबार नेपालीहरूको महान् चाड बडा दसैँ अन्तर्गत फूलपातीको अवसरमा कमलादी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दसैँ घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो ।

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस