गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गायक कमल खत्री र मेलिना मैनालीले गरे विवाह


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् । 

उनीहरूले जीवनको हरेक उतारचढावमा एक अर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् । 

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान गायिका हुन् ।

उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस