बागलुङका दुईवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागलुङका दुईवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ आश्विन २०७९, आइतबार


बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय र बुर्तिबाङ बजारमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।

बागलुङका मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए । उनले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय आफैँले उद्घाटन गरेका भट्टले निर्वाचन नभयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालालाई सहयोग गर्न अपिल गरे ।

निष्पक्ष निर्वाचनका लागि सबैको सरोकार हुने भन्दै भट्टले त्यसका लागि आचारसंहिता र निर्वाचन कानूनहरुको पालना गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षा निकायका साथी नागरिकहरु नै भएकाले निर्वाचनको समयमा सबै नागरिक निष्पक्ष र भयरहित वातावरण बनाउनेमा लाग्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस