१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पसमा एमाले र काँग्रेसबाट २ जना प्रमुख नियुक्त भएपछि कर्मचारी अन्योलमा

अ+ अ-

काठमाडौँ । रुपन्देहीको सैन मैनामा रहेको सहिद नारायण पोख्रेल क्याम्पसलाई राजनीतिक दलले आफ्नो शक्ति प्रदर्शन गर्ने क्षेत्र बनाएको छ । राजनीतिक होडकै कारण यहाँ दुई जना क्याम्पस प्रमुख बनेका छन् ।

दलीय प्रभावमा परेर एमालेबाट विष्णुप्रसाद अर्याल र काँग्रेसबाट जोगलाल गिरी अहिले प्रमुख बनेका छन् । दुवैले आफू क्याम्पस प्रमुख भएको दाबी गरेपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयले विवाद बढेको छ ।

निवर्तमान क्याम्पस प्रमुखले आफ्नो पदावधि सकिनुअघि क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । उक्त जिम्मेवारीमा असहमति जनाउँदै त्यसको भोलिपल्ट क्याम्पसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पोख्रेलले जगलाल गिरीलाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिएका थिए ।

एउटा क्याम्पसमा २ जना प्रमुख नियुक्त भएपछि प्रशासनिक काम कसरी गर्ने भन्ने अन्योल भएको कर्मचारीको गुनासो छ ।

विवाद बढ्दै गएपछि निवर्तमान क्याम्पस प्रमुख यदुलाल पन्तले आफ्नो ४ वर्षे कार्यकाल सकिने अन्तिम दिनसम्म पनि व्यवस्थापन समितिले नयाँ क्याम्पस प्रमुख चयन गर्न नसकेपछि पद रिक्त नहोस् भन्ने उद्देश्यले आफूले उपप्राध्यापक अर्याललाई कार्यवाहक दिएको बताए । उनले आफूले गरेको नियुक्ति उपयुक्त विधि रहेको जनाए ।

नयाँ क्याम्पस प्रमुखको दौडमा पनि नरहेका, क्याम्पसको क्युएए फोकल पर्सनको रूपमा क्याम्पसको समग्र विकासमा योगदान गरेका, क्याम्पसको प्रशासनिक काममा समेत दख्खल राख्ने भएकाले अर्याललाई कार्यवाहक दिएको पन्तको दाबी छ । विद्यार्थी भर्नाको समय भएकाले पनि क्याम्पस शून्यको अवस्था नहोस् भन्ने उद्देश्यले आफूले कार्यवाहक नियुक्त गरेको तर व्यवस्थापन समितिले गलत बुझेको उनको भनाइ छ ।

पन्तले विधिविधान र सञ्चालक समितिको विगतको अभ्यासका आधारमा स्वविवेकीय अधिकार प्रयोग गरी आफूले गरेको निर्णयमा अनावश्यक विरोध गर्दै प्राज्ञिक जगतको मानमर्दन गर्ने गरी यो घटना हुनु दुभाग्यपूर्ण भएको बताएका छन् ।

व्यवस्थापन समितिले भने आन्तरिक सल्लाहमै गिरीलाई नियुक्ति दिइएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस