२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च खुला भएपनि आएन बन्दी प्रत्यक्षीकरणको रिट

अ+ अ-

काठमाडौँ । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन ।

असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला नै छ । तर बन्दी प्रत्यक्षीकरणको रिटका लागि असोज ११ गते योगेन्द्र तामाङको तर्फबाट रिट आए पनि त्यसपछि कुनै रिट आएको छैन । असोज ११ गतेको पेशीमा योगेन्द्र तामाङको तर्फबाट निजकी श्रीमती सुनाम तामाङ मोक्तानले रिट ल्याएकी थिइन् । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जिल्ला प्रहरी परिसर टेकुका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए ।

जिल्ला प्रहरी परिसर टेकुबाट जवाफ आएपछि असोज १३ गतेको पेशीमा न्यायाधीश डा.आनन्दमोहन भट्टराईले रिट खारेज गर्दै थुनामुक्त गर्नु नपर्ने आदेश दिएका थिए । त्यसपछि असोज १४ र असोज १६ गतेको पेशीमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार विमल पौडेलका अनुसार अहिले बन्दी प्रत्यक्षीकरणको रिट नै नआएको कारण पेशीमा नचढेको हो । रिट दर्ता भएको अवस्थामा भने दर्ता भएको भोलिपल्ट पेशीमा चढेर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस