आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आर्थिक अभावले मृगौला पीडित किशनको उपचारमा समस्या, सहयोगको याचना


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । मृगौला पीडित किशन लुहारको उपचारमा समस्या भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली निवासी २५ वर्षीय किशनको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

करिव ८ महिना देखी उपचार(डाइलेसीस) गराइरहेका किशनको मृगौला फेर्नुपर्ने डाक्टरको सुझाव छ । तर आर्थिक अभावका कारण प्रक्रिया थाल्न समेत नसकिएको उनका बुवा जय बहादुर लुहारले बताए । ‘३र४ महिना भारतमा उपचार गरे, नेपालमै सहयोग होला, भनेर अहिले काठमाडौँमा उपचार गराई रहेका छौँ, सबैले छोराको ज्यान बचाउन सहयोग गर्नुहुन्छ भन्नेमा आसावादी छु ।’, उनले भने ।

हाल किशनको उपचार स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेका छ । डाक्टरको सल्लाह अनुसार छिट्टै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागी मृगौलादाता खोजेर पैसा जम्मा गर्न भनिएको छ ।

हाल सम्म १२ लाख भन्दा बढी खर्च भइसकेको छ भने अझै प्रत्यारोपणका लागी आर्थिक अभाव छ । किशनको उपचारका लागी परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

सहयोग गर्नुहुने सहयोगीदाहरुका लागी किशन आमा धना लुहारको नाममा रहेको ग्लोबल आईएमई बैङ्क बैतडी शाखाको खाता नम्बर ३१०७०१०४३४५२१ र बुवा जय बहादुर लुहारको नाममा रहेको साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमीटेड शाखा बैतडीमा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ । साथै सुवेच्छुक शुभचिन्तक, आफन्त, सहयोगीदाताहरूले ९८६९३३६८८४ र ९८४८८०३००० मा सम्पर्क गर्न सक्नुहुने छ ।

मुगौला पीडित किशनका १ छोरा र श्रीमती छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस