२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा आयोगले निर्धारण गर्‍यो पीजीका लागि सिट

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पोस्ट ग्रेजुएट (पीजी) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ ।

देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ ।

आयोगको अनुसार विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ३३, नोबेल मेडिकल कलेजका लागि ४९, पूर्वाञ्चल युनिर्भसिटी स्कुल अफ हेल्थ साइन्सका लागि २०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७३, मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि ३ र नेशनल मेडिकल कलेजका लागि ६३ सिट निर्धारण गरेको छ ।

आयोगको अनुसार कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटलका लागि ४५, चितवन मेडिकल कलेजका लागि ९४, काठमाडौं मेडिकल कलेजका लागि ७०, नेपाल मेडिकल कलेजका लागि ६३, किष्ट कलेजका लागि १२, आयुर्वेद क्याम्पसका लागि २, महाराजगञ्ज मेडिकल क्याम्पसका लागि १५७, मनमोहन मेडिकल इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि २३, नेप्लि आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स ५९, नेवल कलेजका लागि १५, नेसनल एकेडेमी अफ मेडिकल साइन्सका लागि १३६ सिट छुट्याइएको छ ।

त्यसैगरी आयोगले सेन्ट्रल डिपार्टमेन्ट अफ पब्लिक हेल्थका लागि ३०, कान्तिपुर डेन्टल कलेजका लागि ११, काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सका लागि ११०, काठमाडौँ युनिभर्सिटी अफ मेडिकल फार्मेसीका लागि ४५, पाटन एकेडेमी अफ हेल्थ साइन्सका लागि २८, किस्ट कलेजका लागि ५०, मनिपाल कलेज अफ मेडिकल साइन्सका लागि ३५, हिमालय आई इन्स्टिच्युटका लागि ६, साइन्स अफ हेल्थ एण्ड एप्लाइडका लागि ४२, गण्डकी मेडिकल कलेजका लागि ४०, पोखरा नर्सिङ क्याम्पसका लागि १८, पोखरा एकेडेमी अफ हेल्थ साइन्सका लागि ३२, नेपालगञ्ज मेडिकल कलेजका लागि ३३, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका लागि २४, युनिर्भसल कलेज अफ साइन्सेसका लागि ६६, कर्णाली एकेडेमी अफ हेल्थ साइन्सका लागि ४, श्री मेडिकल एण्ड टेक्निकल कलेज चितवनका लागि १० र एनबीएमएस कार्यक्रमका लागि बी एण्ड बी लगायतका हस्पिटललाई ६ सिट प्रदान गरेको छ ।

निर्धारित सिटमा भर्नाका लागि आयोगले एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । छुट्याइएका कोटाका लागि आगामी मंसिर १० देखि ११ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने जनाइएको छ ।