‘चाडपर्वमा हुने पारिवारिक जमघट र छलफल समाज रुपान्तरणका लागि महत्त्वपूर्ण’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘चाडपर्वमा हुने पारिवारिक जमघट र छलफल समाज रुपान्तरणका लागि महत्त्वपूर्ण’


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने बताएका छन् ।

उनले आज आइतबार आउँदै गरेको विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका हुन् ।

यसवर्ष विभिन्न ठाउँमा कोरोना, डेङ्गी तथा विभिन्न प्रकोपमा परेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै सभामुख सापकोटाले सबैलाई सचेत र सजग रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् ।

‘जनस्वास्थ्यविद्हरूले डेङ्गीको जोखिम बढ्दै गएको बताइरहँदा सचेत भएर चाडपर्व मनाउन सबैमा विशेष अपिल गर्दछु । ‘उनले भने,‘हाम्रा चाडपर्वहरू व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भातृत्व एवं सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण बन्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस