सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ। गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको हो।

जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणीको बैठकले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । जसपाका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै पार्टी एक्लै चुनावमा जानेसम्मका निर्णय गरिएको जानकारी दिएका छन् ।

‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको,’ जसपाको बैठकको निर्णयमा भनिएको छ, ‘यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ । सो पनि हुन नसकेको अवस्थामा जसपा, नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

गठबन्धनमा जसपाले १७-१८ सिट पाउने करिब निश्चित भएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस