डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डेंगु नियन्त्रण र सिटामोल पर्याप्त उपलब्ध गराउन नेविसंघको माग


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ।

नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण नि:शुल्क गर्न माग गरेका छन् ।

नेविसंघले डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग पनि राखेको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले डेंगु प्रकोप घोषणा गर्नुपर्ने तहमा नपुगेको पनि दावी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस