बलात्कारको झुटो जाहेरी दिएको आरोपमा एक महिला पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बलात्कारको झुटो जाहेरी दिएको आरोपमा एक महिला पक्राउ


१५ आश्विन २०७९, शनिबार


पक्राउ

काठमाडौँ । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा प्रहरीले भक्तपुरमा एक महिलालाई पक्राउ गरेको छ ।

नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डीएसपी) राजु पाण्डेले जानकारी दिए ।

उनले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीमाथि अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए ।

प्रहरीले महिलालाई वृत्त ठिमीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस