उपराष्ट्रपति पुनले अस्पतालमा भेटे सत्यमोहन जोशी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपराष्ट्रपति पुनले अस्पतालमा भेटे सत्यमोहन जोशी


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् ।

शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’

शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस