२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनका चार क्षेत्र रुसमा गाभिएको राष्ट्रपति पुटिनको घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र रुसमा गाभिएको घोषणा गरेका छन्।

पुटिनले शुक्रबार डोनेत्स्क, लुहान्सक, खेरसान र ज्यापोरिजियालाई रुसमा समावेश गर्ने दस्तावेजमा हस्ताक्षर गरेका हुन्।

यसअघि नै कब्जामा लिएको यी क्षेत्रमा रुसले केही दिनअघि जनमत संग्रह पनि गरेको थियो । यस क्रममा अधिकांश मत रुसमा गाभिने पक्षमा आएको उसको दाबी छ।

अबको केही दिनमा रुसमा यी क्षेत्रलाई औपचारिक रूपमा समावेश गर्ने प्रक्रिया पनि सुरु हुनेछ।

राष्ट्रपति पुटिनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ता सुरु गर्न आग्रह गरेका छन् । पुटिनले आफ्नो कब्जामा लिएको नयाँ क्षेत्रबारे कुनै वार्ता नहुने पनि स्पष्ट पारेका छन्।

युक्रेनले भने आफ्नो भू–भाग मुक्त गराउन लडाइँ जारी राख्ने प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनुहोस